Menu

आजको मौसम

जग्गा नामसारीको काम गरिदिने भन्दै घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

Author
News Feed |
November 04, 2026
Featured

सर्लाही, कात्तिक १८ –

जग्गा नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक नायब सुब्बा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो।

लालबन्दी निवासी तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेको र सोही रकम लिने क्रममा पक्राउ परेको अख्तियारले जनाएको छ।

अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3