Menu

आजको मौसम

पत्रकारलाई धम्की दिएको आरोपमा व्यवसायी निरञ्जन कुमार अग्रवाल प्रहरीमा उपस्थित भएनन्, कारबाहीका लागि पुनः पत्राचार

Author
crime news |
November 04, 2026
Featured

 वीरगञ्ज। पत्रकारलाई धाकधम्की दिएको आरोप लागेका व्यवसायी निरञ्जन कुमार अग्रवाल प्रहरीमा उपस्थित हुन अटेर गरेका छन्। पटक–पटक विभिन्न विवादमा मुछिँदै आएका अग्रवाल प्रहरीको पत्राचारपछि पनि उपस्थित नभएपछि आवश्यक कारबाहीका लागि पुनः जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाइएको छ।


न्युज खोजतलास डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेश परिषद् सदस्य एवं प्रेस सेन्टर नेपालका मधेस प्रदेश सदस्य भरत सर्राफलाई धाकधम्की दिएको आरोपमा सर्राफले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी आदर्शनगरलाई अग्रवाललाई उपस्थित गराउन पत्राचार गरेको थियो। तर, प्रहरीको पत्राचारका बाबजुद अग्रवाल उपस्थित नभएको र सम्पर्कमा नआएको भन्दै प्रहरी चौकी आदर्शनगरले आवश्यक राय–सुझावसहितको पत्र जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सर्राफले बताएका छन्।

सर्राफका अनुसार अग्रवाल प्रहरीसमक्ष उपस्थित हुन नमानेपछि घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउन पुनः जिल्ला प्रहरी कार्यालयमा पत्र पठाइएको हो।

पत्रकारलाई धम्की दिएको आरोपमा परेको निवेदनमाथि प्रहरीले अब कस्तो कदम चाल्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ। साभार न्युज खोजतलाश ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3