Menu

आजको मौसम

कांग्रेसको १५औँ महाधिवेशनमा सहरम राउत गदि केन्द्रीय सदस्यका उम्मेदवार

Author
crime news |
October 04, 2026
Featured

 ( ग्यासु मिया देवान )

वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सहरम राउत गदिले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।


मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदका उम्मेदवार बन्नुभएका गदिले पार्टीलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।

नेपाली कांग्रेसको सिद्धान्त, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप मजबुत बनाउने, सबै समुदायको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने तथा कार्यकर्ताको हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

गदिले महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूसँग आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ। उहाँको उम्मेदवारीलाई मुस्लिम समुदायसहित विभिन्न समुदायको प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

“पार्टीको एकता, संगठनको मजबुती र सबै समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो,” गदिको सन्देश छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3