Menu

आजको मौसम

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा तत्काल दिन माग

Author
News Feed |
October 01, 2026
Featured

वीरगंज, असोज १५ –

वीरगंज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गाको बाँकी मुआब्जा तथा भौतिक संरचनाको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका छन्।

मुआब्जा संघर्ष समिति श्रीसियाका अध्यक्ष अशोककुमार चौधरीको नेतृत्वमा स्थानीयवासीले वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीलाई ज्ञापनपत्र बुझाउँदै वर्षौँदेखि रोकिएको मुआब्जा प्रक्रिया टुंग्याउन आग्रह गरेका हुन्।

स्थानीयवासीका अनुसार २०६१ सालदेखि अधिग्रहण प्रक्रिया अघि बढाइए पनि कतिपय जग्गाधनीले अझै पूर्ण मुआब्जा पाउन सकेका छैनन्। नक्सा तथा फिल्डबुकमा देखिएका त्रुटिका कारण वास्तविक जग्गाधनीको नाममा मुआब्जा निर्धारण तथा वितरणमा समस्या भएको उनीहरूको भनाइ छ।

मुआब्जा नपाउँदा प्रभावित परिवारले आफ्नो जग्गा उपयोग गर्न नसकेको र घर निर्माणलगायतका कामसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन्। उनीहरूले अभिलेखमा रहेका त्रुटि सच्याएर वास्तविक जग्गाधनीलाई बाँकी मुआब्जा दिन तथा अधिग्रहण क्षेत्रका घर, टहरा लगायतका संरचनाको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

सम्बन्धित निकायबाट माग सम्बोधनमा ढिलाइ भए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिले चेतावनी दिएको छ। ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ तथा भूमि व्यवस्था मन्त्रालयलगायत सम्बन्धित निकायमा समेत पठाइएको जनाइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा वडा अध्यक्ष आशुतोष चतुर्वेदी, नेपाली कांग्रेसका बुथ सभापति भैयाराम पटेल, वडा सदस्य तेतरी देवी, पूर्व वडा सदस्य वैजन्तीमाला लगायत स्थानीयवासीको सहभागिता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3