Menu

आजको मौसम

पर्सामा वर्षाले धानबालीलाई राहत

Author
News Feed |
September 26, 2026
Featured

वीरगंज, असोज १० –

बिहीबार बिहानैदेखि परेको अविरल वर्षाले पर्सागढी नगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रमा लगाइएको धानबालीलाई राहत पुगेको छ । धान पसाउने समयमा पर्याप्त पानी परेपछि किसानहरू उत्साहित भएका छन् ।

चाँडो पाक्ने हाइब्रिड तथा कतर्नी जातको धान पसाउने अवस्थामा रहेकाले अहिलेको वर्षाले आवश्यक चिस्यान र पानी उपलब्ध गराएको किसान नन्दलाल चौधरीले बताए । उनका अनुसार यसले धानको वृद्धि र उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

पर्सागढी–३ का किसान खगेश्वर पौडेलले धानबालीमा देखिन थालेको रोग तथा कीराको प्रकोप न्यूनीकरणमा समेत वर्षाले सहयोग पुग्ने बताए । खेतमा पर्याप्त पानी परेपछि केही समयका लागि सिंचाइको आवश्यकता पनि कम हुने किसानहरूको भनाइ छ ।

कृषि प्राविधिक शिवपूजन महतोका अनुसार धान पसाउने समयमा पर्याप्त पानी र चिस्यान उपलब्ध हुनु बाली विकासका लागि लाभदायक हुन्छ । अहिलेको वर्षा चाँडो तथा ढिलो पाक्ने दुवै जातका धानका लागि अनुकूल देखिएको उनले बताए ।

यद्यपि निरन्तर र अत्यधिक वर्षा भएमा पाक्न लागेको धानमा क्षति पुग्न सक्ने भएकाले मौसमको अवस्था निगरानी गर्नुपर्ने कृषि प्राविधिकहरूले बताएका छन् । हाल भने पर्साको ग्रामीण क्षेत्रमा परेको वर्षा धानबालीका लागि अनुकूल देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3