Menu

आजको मौसम

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

Author
Crime News |
February 11, 2025
Featured

वीरगंज, २९ माघ ।
सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ ।

एसपी गौतम मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने बताए । प्रमुख अतिथि मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागीता अत्यन्त आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महवपूर्ण रहेको बताए । 


समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजना गरेको कार्यक्रम केन्द्रका सचिव कुल नारायण प्रधान ले गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. १३ का वडाअध्यक्ष हिरा गिरी, वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि. श्याम बहादुर बस्नेत, विभिन्न विद्यालयका प्रध्यानध्यापक, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका भद्रभलादमी, समाजसेवी लगायतको सहभागिता थियो ।
  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3