Menu

आजको मौसम

वीरगंज–१६ भन्सार टोलमा स्थानीयसँग भेटघाट गर्दै मेयर प्रत्याशी सुधीर पटेल

Author
News Feed |
November 04, 2026
Featured

वीरगंज , कार्तिक १८ –

वीरगंज महानगरपालिकाका मेयर प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले स्थानीयवासीसँगको भेटघाट तथा संवादलाई निरन्तरता दिएका छन् ।

यसैक्रममा पटेलले वीरगंज महानगरपालिका–१६ स्थित भन्सार टोलमा पुगेर स्थानीयसँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनले स्थानीयवासीका समस्या, गुनासा, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए ।

स्थानीयसँगको छलफलमा टोलको विकास, पूर्वाधार, सरसफाइ, खानेपानी, सडक तथा दैनिक जनजीवनसँग सम्बन्धित विषय उठेका थिए ।

जनताका वास्तविक समस्या बुझ्न टोल तथा बस्तीमै पुगेर उनीहरूका कुरा सुन्न आवश्यक रहेको पटेलले बताएका छन् । उनले आगामी दिनमा पनि वीरगंजका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयसँग भेटघाट र छलफललाई निरन्तरता दिने जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3