Menu

आजको मौसम

एआईजी मनोज केसी आईजीपीमा नियुक्त गर्ने निर्णय 

Author
News Feed |
November 04, 2026
Featured

काठमाडौं, कात्तिक १८ –

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ ।

केसीले प्रहरी सेवामा लामो अनुभव हासिल गरेका छन् । उनले अपराध अनुसन्धानका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । विशेषगरी चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा उनको भूमिका चर्चामा आएको थियो ।

सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3