बिरगंज / सशस्त्र प्रहरी बल पर्साले यही बैशाख २ र ३ गते पर्सा जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली गरि भारतबाट नेपाल तर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामानहरु तथा सामान ढुवानिमा प्रयोग गरिएका सवारी साधन समेत गरि जम्मा रु. १३,२०,२३५।- मुल्य बराबरको सामान तथा सवारी साधन बरामद गरि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
यसैगरि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरी बलको गस्ती टोलिले बिरगंज महानगरपालिका वडा न.१६ को भन्सार एरियाबाट भन्सार छलीका अबैध मालसामान मुल्य रु, ७,४०,९५५/- रुपैया बराबरको विभिन्न किसिमका समानहरु पक्राउ बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताउनु भएको हो ।
त्यसैगरि सशस्त्र प्रहरी बल सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको सशस्त्र प्रहरी बलको गस्ती टोलिले आजै बिन्दवासिनी गाउँपालिका वडा न.२ बाट मोटरसाइकल सहित मुल्य रु, २,१२०००/- बराबरको पंखा पक्राउ गरिएको छ ।
सोहि मितिमा सशस्त्र प्रहरी बल सुरक्षा बेश बेलवाबाट खटिएको सशस्त्र प्रहरी बलको गस्ति टोलिले मुल्य रु. १,६७,२८०।- बराबरको कपडाहरु बिरगंज महानगरपालिका वडा न.३२ को टेडा रोडबाट अबैध भन्सार छली गरि ल्याइएको अवस्थामा चेकजांचको क्रममा उक्त कपडा पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जनाउनु भएको हो ।
प्रतिक्रिया