ग्यासु मिया देवान
बिरगंज / नेकपा एमाले जिल्ला कमिटी पर्साको ९ औ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।
नेकपा एमाले पार्टी पर्साका अध्यक्षमा डा. बिशम्भर शर्मा, उपाध्यक्षमा मनोज गुप्ता, सचीवमा महेश दास, उपसचिव नबिजान अन्सारी, महिला उपसचिव सीता लामा, लेखा समिति अध्यक्षमा शिवजी गुप्ता, लेखा समिती सचीव सागिर अहमद, लगायतको टिमले निर्वाचित भएका हुन ।
नेकपा एमाले पर्साका मतदाता प्रतिनिधि संख्या ६१५ जना रहेकोमा सनिवार भएको निर्वाचनमा ५३३ मत मात्र खसेका थिए कडा प्रतिस्पर्धा मा निर्वाचन प्रक्रिया पूरा गर्दै अध्यक्ष पदमा डा.बिशम्भर शर्मा र सचीव पदमा महेश दासको पुरै टिम निर्वाचित हुन्दै बिजय हासिल गरेका हुन र आजको उक्त बिजय हाम्रो बिजय होइन पर्सा जिल्लाका सम्पुर्ण एमाले कार्यकर्ताको बिजय भएको निर्वाचित सचीव महेश दासले बताउनु भएको थियोे ।
सनिवार राती देखी सुरु भएको मतगणना आज आइतबार साझ मत परिमाण सार्वजनिक भएको थियो र उक्त मत परिमाण अनुसार अध्यक्ष डा.बिशम्भर शर्माको टिम बिजय भएको हो ।
निर्वाचनको मत परिणाम सार्वजनिक हुन्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रतिनिधि सभा सदस्य प्रभु हजरा, निर्मला देवकोटा, लगायतको नेता तथा कार्यकर्ताहरुले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना आर्दान प्रदान गरिएको थियो ।
प्रतिक्रिया