Menu

आजको मौसम

वीरगंज बसपार्क पुनः अस्तव्यस्त, बस व्यवसायीहरूले जनाए असन्तुष्टि

Author
News Desk |
August 20, 2026
Featured

वीरगंज, भदौ ४ —वीरगंज बसपार्कलाई व्यवस्थित बनाउने र विद्युतीय सवारीसाधनको सञ्चालनमा लगाइएको समयसीमा कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।


गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा ट्राफिक प्रहरी, बस व्यवसायी तथा विद्युतीय सवारी सञ्चालकसहित सरोकारवालाबीच भएको बैठकले बसपार्क व्यवस्थापन र सवारी सञ्चालनलाई व्यवस्थित गर्ने विषयमा विभिन्न सहमति गरेको थियो।


तर सहमति भएको चार महिना बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन नभएको व्यवसायीहरूको गुनासो छ। सहमति अनुसार दिवा सेवाका विद्युतीय सवारीसाधन तथा टाटा सुमो दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने भए पनि अहिले साँझ ७ बजेसम्म सञ्चालन भइरहेको उनीहरूको भनाइ छ।


यसबाट रात्रि सेवाका बस प्रभावित हुनुका साथै बसपार्कमा यात्रुलाई टिकट काट्ने नाममा बिचौलियाले दुःख दिने गतिविधिसमेत नरोकिएको व्यवसायीहरूले बताएका छन्।


सहमति कार्यान्वयन नहुँदा बसपार्कको अवस्था पुनः लथालिङ्ग बन्दै गएको भन्दै व्यवसायीहरूले सम्बन्धित निकायलाई तत्काल ध्यान दिन र पूर्वसहमति कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3