Menu

आजको मौसम

२२५ किलो गाँजासहित चारजना पक्राउ

Author
Crime News |
May 04, 2025
Featured

वीरगंज, २० वैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले २२५ किलो लागू औषध गाँजा सहित चारजनालाई पक्राउ गरेको छ ।
आज बिहान २ः०० बजे इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं.३ बातारा स्थित खेतमा पार्किङ गरी राखेको  प्र.२–०३–००१ त ४८७६ नम्बरको ट्याक्टर चेकजाँच गर्दा ढाला मुनि फल्स बटन बनाई लुकाई छिपाई राखिएको अवस्थामा १५ वटा कार्टुनबाट २२५ किलो गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक जिल्ला बारा आदर्शकोतवाल गा.पा. ३ बातारा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, मकवानपुर, हेटौडा न.पा. ४  बस्ने वर्ष २१ को कमाण प्रजा, कैलास गा.पा. ४ देवतिस बस्ने वर्ष २४ को सिताराम प्रजा र बकैया गा.पा. ५ छतिवन बस्ने वर्ष २२ को नवराज मगरलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3