स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

उपप्रमुखको विरोधमा वीरगंज महानगरका कर्मचारी आन्दोलित

SHARE: 520

 वीरगंज, २६ मंसिर 

सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले गरेको अभद्र व्यवहारको विरोध गर्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । 


स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै भोलीदेखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन् ।  


समितिले महानगरमा विभिन्न महाशाखा शाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ । 


नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका ठाकुर उपप्रमुख इम्तियाज आलम निकट व्यक्ति हुन् ।  


यस्तै पंजिकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति पनि इकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि इकाइ समितिले जनाएको छ । 

उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताउनुभयो । 

उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताउनुभयो । 

महानगरका सम्पूर्ण कर्मचारीहरुको मान मर्दन तथा असुरक्षित भएको महसुस हुन आएकाले बाध्य भएर विरोधमा उत्रनु परेको भन्दै गुप्ताले यसलाई तत्काल निकास दिन पनि उहाँले प्रमुखअ सिंहसँग आग्रह गर्नुभयो ।    

महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधिर जंग राण, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो । 

यस अघि मंगलबार (आज) बिहान पंजिकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुख सहित उनको सचिवालयको टोली र वडाअध्यक्षहरु बीच विवाद हुन पुगेको थियो । विवादलाई उग्र हुन नदिन जिल्ला प्रहरीको टोली दिन भर महानगरमा तैनाथ भएको थियो ।

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,118,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: उपप्रमुखको विरोधमा वीरगंज महानगरका कर्मचारी आन्दोलित
उपप्रमुखको विरोधमा वीरगंज महानगरका कर्मचारी आन्दोलित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEit4yPXfZxrEYS4J0RL7Pu3UsdeDsBLCjcujbFVkC0qz5ZbEh_VC8BSfxq5CVVchhpmBIGmUMWWzM9g2J1pA-XmuzdN95rpZBYUSrTqdoDJdwu9Oez7eqSbSqZkKWV0ZMLKwVMg6QP-FlOeZvs11TPa3iYMZosJjx3IkmDwu7Qq5OcKZwLK6GZaUgIiEHeg/w400-h336/IMG-20231212-WA0023.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEit4yPXfZxrEYS4J0RL7Pu3UsdeDsBLCjcujbFVkC0qz5ZbEh_VC8BSfxq5CVVchhpmBIGmUMWWzM9g2J1pA-XmuzdN95rpZBYUSrTqdoDJdwu9Oez7eqSbSqZkKWV0ZMLKwVMg6QP-FlOeZvs11TPa3iYMZosJjx3IkmDwu7Qq5OcKZwLK6GZaUgIiEHeg/s72-w400-c-h336/IMG-20231212-WA0023.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/12/blog-post_47.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/12/blog-post_47.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content