ग्यासु मिया देवान
बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको बिशेश गस्ती टोलिमा बिरगंज भन्सार कार्यालय पर्साका कर्मचारी सहितको संयुक्त गस्ती टोलिले जिल्ला पर्सा विरगंज महानगरपालिका वडा न.७ को रेल्वे रोड स्थित रहेको एक तिन तले घरबाट भन्सार छली गरि ल्याई भण्डारण गरी राखिएको अवस्थामा रु.५,८२,२००/- बराबरको ४०४ के.जी सुपारी र १३० केजी जट्टामसी र ८६ पिस साडी बरामद गरी आवश्यक कार्वाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
त्यसै गरि आजै सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले भन्सार मेनगेट वरपरको एरियाबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको रु. २,६१,४६०/- मुल्य बराबरको अबैध कपडा तथा किराना सामानहरु बरामद गरि आवश्यक कार्वाहिको लागि आजै विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल १३ न. गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जनाएका हुन ।
प्रतिक्रिया