बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको टोलिले आज बिरगंज महानगरपालिका वडा न.१६ बिरगंज भन्सार एरियाबाट प्रतिबन्धित लागू औषधसहित ४ जना महिलाहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा शरीरमा लुकाइ राखेको अवस्थामा उक्त महिलाहरुले प्रतिबन्धित लागू औषध कोडिन मिश्रित COUGH SYRUP ONEREX 100 ML का ६६ थान औषधिका बोत्तलहरु सो महिलाहरुको साथबाट बरामद गरिएको सशस्त्र प्रहरी बल १३ न. गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताएका हुन ।
पक्राउ गरिएको उक्त महिलाहरुलाई आवश्यक कार्यवाहीको प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको हो ।
प्रतिक्रिया