ग्यासु मिया देवान
बिरगंज / नेपाल मुस्लिम समाज संघ पर्साद्वारा आयोजित ईद मिलन समारोह कार्यक्रम सभ्य र भब्य रुपमा बिरगंजमा सम्पन्न भएको छ ।
पर्सा जिल्लाका सम्पुर्ण मुस्लिम अगुवा, राजनीतिककर्मी, पेसाकर्मी, र विभिन्न सामाजिक तथा धार्मिक ब्याक्तित्वहरुको बिशेष सहभागितामा ईद मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मुस्लिम समाज संघ पर्साका संयोजक महबुब अलि ठकुराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शशी कपुर मिया, सलाउदिन अहमद, करिमा बेगम, जालिम मिया, सेख सहाबुदिन, तबरेज अहमद, लगायत स्थानीय मुस्लिम धर्मगुरु हरुको समेत सहभागीता रहेको थियोे ।
ईद मिलन समारोह कार्यक्रममा मुस्लिम समुदायहरुले एक आपसमा शुभकामना साटासाट गर्नुको साथै मुस्लिम समुदायको समस्यालाई समाधान गर्न नेपाल सरकार संग माग गर्ने कार्यक्रममा वक्ताहरुले बताए
आजको उक्त ईद मिलन समारोह कार्यक्रममा धार्मिक सद्भाव, मेलमिलाप, र भाईचारा कायम राख्न मुस्लिम अगुवाहरुले बताएका हुन ।
प्रतिक्रिया