लालबाबु सिंह
बिरगंज / सिटिजन बैंकको १७ औ वर्षगाठको अवसरमा वीरगन्ज शाखाले मानव सेवामा समर्पित रक्तदान तथा निशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।
शुक्रबार बिहान ६.३० बजे देखि प्रभातफेरि प्रभात गरि शुरु भएको उक्त रक्तदान कार्यक्रम बिहान ८ बजे देखि ११ बजे सम्म रक्तदान कार्यक्रम गरिएको हो ।
त्यसौ गरि बिहान ११ बजे देखि ३ बजे सम्म निशुल्क आँखा परिक्षण शिविर कार्यक्रमको आयोजना गरिएको सिटिजन बैंक वीरगन्ज शाखा प्रमुख अभय ठाकुरले बताए ।
सिटिजन बैंकका मधेश प्रदेश प्रमुख नितेश खडगीले रक्तदाताहरुलाइ रगत संकलन ब्याग दिदै आफैले पनि रक्तदान गरि शुरु गरेको उक्त रक्तदान कार्यक्रममा ५ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेमा सुभद्रा पाठक, संगिता दास, भगवती सिग्देल , अर्पणा श्रेष्ठ , नन्दनी साह, दिपु गुप्ता, साजन साह, रोहनी आचार्य, बिक्की सिंह , सुनिल पटेल लगायत रक्तदाताहरुले आ-आफ्नो अमुल्य रगत दान गरि मानवीय सेवामा समर्पित खुसी साथ रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा भएको सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा रहेको टोलिले रक्तदाताहरुलाइ संघाएका थिए ।
यसैगरी किरण आँखा अस्पताल वीरगन्जको सहयोगमा भएको निशुल्क आँखा परिक्षण शिविरमा २० महिला सहित ६५ जना बैंक कर्मचारी एवं ग्राहक लगायत स्थानिय जनताहरुले आँखा परिक्षण गराएका थियो ।
किरण आँखा अस्पतालका दृष्टि विशेषज्ञ द्वय नेहा साह र पुजा साहले आँखा परिक्षण गर्नु भएको थियो भने नेत्र सहयोगिमा अस्पतालका कविता पोखरेल रामबाबु चौरसिया, राजकुमार भण्डारी, अम्बालिका लक्ष्मी साह, र जयमाला चौधरिले सघाएका थिए ।
सो उपचारको क्रममा केहिलाइ निशुल्क आखामा हाल्ने औषधि समेत वितरण गरिएको र आखामा बढी समस्या भएकाहरुलाइ थप उपचार परामर्शको लागि किरण आँखा अस्पतालमा आउन आग्रह गरिएको अस्पतालका कविता पोखरेलले जानकारी गराइन ।
बिहान ६.३० बजे वीरगन्जको घण्टाघरबाट शुरु गरिएको प्रभातफेरी मेनरोड माइस्थान, आदर्शनगर , होटल मकालु हुँदै आदर्शनगर, घडियर्वा पोखरी, माइस्थान हुँदै नगर परिक्रमा गरि सिटिजन बैंक भवनमा पुगेर सम्पन्न भएको थियो ।
सो कार्यक्रममा वीरगन्जमा सेवारत दुई शाखा मेनरोड वीरगन्ज र कृष्णप्रणामी शाखा भिस्वा वीरगन्ज -१५ को साथै बारा जिल्लाको पथलैया,निजगढ र कोल्वी शाखाका कर्मचारिहरुको समेत सहभागिता रहेको थियो ।
रैलिमा वित्तिय शिक्षा हासिल गरौ, समयमा कर्जा र ब्याज बुझाऔ लगायत विभिन्न नारा अन्कित हाते कार्ड लिएर नगर परिक्रमा गरिएको बैंकका मधेश प्रदेश प्रमुख खडगिले बताउनु भयो ।
अगामी समयमा सिटिजन बैंकले सामाजिक सेवाको क्षेत्रमा अझ बढी योगदान गर्ने योजना रहेको र हामी गर्छौ भनी प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।
आजको उक्त निशुल्क आंखा शिविर तथा रक्तदान कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया