बिरगंज / सशस्त्र प्रहरी बल नेपाल १३ न, गण हे,क्वा, पर्साको १७ औ स्थापना दिवसको उपलक्ष्यमा यही बैशाख २ गते आइतबारको दिन बिरगंज महानगर पालिका वडा न.१४ मा रहेको पशुपतिनाथ मन्दिरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
सशस्त्र प्रहरी बल पर्साको १७ औ स्थापना दिवसको अवसरमा सरसफाइ, खेलकुद, स्वास्थ्य शिविर, लगायतको विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापना दिवस खुसियालीका साथ मनाउन लागिएको हो ।
मिति २०६४ साल बैशाख ७ गते तत्कालीन सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्साको स्थापना भएको थियो र सोही दिनलाई उत्साहको रूपमा यही मिति २०८१ साल बैशाख ७ गते १७ औ स्थापना दिवस मनाउन लागिएको हो ।
उक्त स्थापना दिवसको अवसरमा मठ मन्दिरलाई सरसफाइ गर्नुको साथै खेलकुद र स्वास्थ्य शिविर लगायतको कार्यक्रम गर्दै आएको हो र आजको उक्त पशुपतिनाथ मन्दिरमा सरसफाइ कार्यक्रममा मन्दिर ब्यवस्थापक समितिका पदाधिकारी, मन्दिरका पुजारी र स्थानीयबासी समेतको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया