ग्यासु मिया देवान
बिरगंज / भारतका महावाणिज्य दूतावास बिरगंजद्वारा उपहार स्वरुप स्कुल बस र एम्बुलेन्सहरु वितरण गरिएको छ ।
नेपाल- भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरुप स्कुल बस तथा एम्बुलेन्सहरु बितरण गरिएको भारतका महावाणिज्य दूतावास बिरगंजका कन्सुलर शशिभुषण कुमारले बताउनु भयो ।
ईस्वी संवत 1994 साल देखी नेपालको विभिन्न जिल्लाहरुमा स्वास्थ्य सेवा, खानेपानी सेवा, बिकासको कार्यक्रम गर्नुको साथै पुर्वाधारहरुमा बिशेष योगदान गर्दै आएको स्थानीय बुद्धिजीवीहरुले बताए ।
नेपाल- भारतको मैत्रीपुर्ण सम्बन्धलाई अझै मजबुत बनाउन भारतका महावाणिज्य दूतावास बिरगंजले विभिन्न सामाजिक र सेवामुलक नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्नको निमित्त उपहार स्वरुप विभिन्न संस्थाहरुलाई एम्बुलेन्स दिन्दै आएको हो ।
शिक्षा सेवामा सहयोग स्वरुप बिद्यार्थीहरु लाई शिक्षामा पहुँचको निमित्त विभिन्न बिधालय तथा कलेजहरुमा स्कुल बस समेत उपहार स्वरुप प्रदान गर्दै आएको शिक्षण संस्थाहरुले बताएका हुन ।
मित्ररास्ट्र भारत सरकारको सहयोगमा नेपालमको विभिन्न जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्न सामाग्री लगायतको विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको स्थानीय समाजसेवी डा. बिशेश्वर प्रसाद यादवले बताउनु भएको थियोे ।
प्रतिक्रिया