ग्यासु मिया देवान
बिरगंज / सिमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत राजस्व चुहावट तथा सिमा अपराध नियन्त्रण अन्तक्रिर्या कार्यक्रम आज बिरगंजमा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सिमा अपराध तथा राजस्व चुहावट सम्बन्धि अन्तक्रिर्यामा सिमा क्षेत्रका उधोगी ब्यवसायी र सर्वसाधारणहरुले आ-आफ्नो समस्या, जिज्ञासा्, र सुझाव राखेका थिए ।
सशस्त्र प्रहरी बलको मुख्य कार्य सिमा सुरक्षा अपराध नियन्त्रण, राजस्व चुहावट लगायतका विभिन्न कार्यहरू गर्दै आइरहेको हुन्दा सो कार्यलाई अझै प्रभाव कारी कार्यनयनको लागी सिमाबासी र स्थानीय जनप्रतिनिधिहरु संग अन्तक्रिर्या कार्यक्रम गर्दै आएको र सिमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल ले उल्लेखनीय कार्य गर्दै आइरहेको उक्त कार्यक्रममा वक्ताहरु आफ्नो कुराहरु राखेका थिए ।
बिरगंज उधोग वाणिज्य संघको सभा हलमा भएको उक्त कार्यक्रममा पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, आठै जिल्लाका सशस्त्र प्रहरी उपरीक्षकहरु, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख, बिरगंज भन्सारका प्रमुख, बिरगंजका उधोगी ब्यवसायीहरु, विभिन्न संस्थाका प्रमुखहरु लगायत समाजसेबि, सुरक्षाकर्मी र आम सर्वसाधारण जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मधेस प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहको अध्यक्षतामा भएको उक्त राजस्व चुहावट तथा सिमा अपराध नियन्त्रण सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया