स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्ज महानगरमा कुपोषित बालबालिकाको संख्यामा बृद्धि

SHARE: 520

साङ्केतिक तस्विर ।

वीरगन्ज, ७ जेष्ठ : वीरगन्ज महानगरपालिकामा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ ।वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०७९\८० को १० महिनाको अवधिमा वीरगन्ज महानगरमा एक सय ७४ जना कडा खालको कुपोषित बालबालिका फेला परेका छन् ।

महानगरका विभिन्न वडामा रहेका विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ जना बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ ।

यसअघि गत आर्थिक वर्ष २०७८/७९ मा भने वीरगञ्ज महानगर क्षेत्रमा ४९ जना मात्रै कुपोषित बालबालिका फेला परेका थिए । जसमध्ये ४४ जनाको उपचार गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा ४३ जना कुपोषित बालबालिका भेटिएकोमा तीमध्ये ३९ जनाको र आर्थिक वर्ष २०७६/७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए ।

गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, बालविवाहका कारण सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि वीरगन्ज स्वास्थ्यचौकी सहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।

‘सुरुमा कुपोषित बालबालिकालाई हामीले ओटिसी सेन्टरमा भर्ना गर्छौँ’, प्रमुख कुर्मीले भने, ‘ओटिसी सेन्टरमा भर्ना भएका बच्चाको पहिला भोक जाँच गर्छौँ, अनि पोषणयुक्त खाना खुवाउँछौँ ।’

उनले थपे,‘ खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगञ्जस्थित पोषण पुनःस्थापना गृहमा पठाउँछौँ । पोषण पुनःस्थापना गृहमा बच्चा र आमालाई राखेर बच्चालाई पोषणयुक्त खाना र उपचार हुने गरेको उनले बताए ।

बालबालिकामा बढ्दो कुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ ।

वीरगन्जस्थित नारायणी अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषणा पुनःस्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको गृहकी प्रमुख सरिता यादवलले जानकारी दिइन् ।

यादवका अनुसार सन् २००७ देखि गृहमा हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ ।

पोषण पुनःस्थापना गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषणसम्बन्धी शिक्षासमेत दिइन्छ । ‘आमालाई पोष्टिक आहार बनाउने र खुवाउने तरिकाबारे पनि हामी सिकाउँछौँ’, यादवले भनिन् , ‘कुपोषित बच्चाले निःशुल्क उपचार, रेखदेख र परामर्श सेवा पाउने गरेको छ ।’ अहिले पोषणगृहमा १४ जना कडा खालका कुपोषित बच्चाको उपचार भइरहेको उनले बताइन् ।

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उनको भनाइ छ ।

अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महिनासम्म पोषणगृहमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ । सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन् । एक महिनामा पुनःस्वास्थ्य जाँचका लागि बच्चालाई गृहमा बोलाउने गरिएको प्रमुख यादवले बताइन् ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिने गरिएको बालरोग विशेषज्ञ डाक्टर सरोजकुमार यादवले बताए ।

‘धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन’, डाक्टर यादवले भने, ‘पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिने गरेको छ ।’ बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडामात्र गर्नेजस्ता समस्या कुपोषणको असरले पनि हुनसक्ने उनको भनाइ छ । रासस

The post वीरगन्ज महानगरमा कुपोषित बालबालिकाको संख्यामा बृद्धि appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,118,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्ज महानगरमा कुपोषित बालबालिकाको संख्यामा बृद्धि
वीरगन्ज महानगरमा कुपोषित बालबालिकाको संख्यामा बृद्धि
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/kupshit-balbalika.jpg?resize=988%2C599&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_782.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_782.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content