ग्यासु मिया देवान
बिरगंज / पर्सा जिल्लाको अति विकट छेत्रको रुपमा रहेको छेत्र न.४ को जगरनाथपुर गाउँपालिका वडा न.२ जानकिटोला देखी सुपौलीको हुलाकी मार्ग सङ जोडिने ३३ फिटको कालो पत्रे सडक तथा नाला निर्माणको काम द्रुत गतिमा भैरहेको छ ।
जानकिटोला र जमुनिया बिचको सडक खण्डमा पर्ने बाटो निर्माणकार्यमा समस्या भएकोमा आज उक्त जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको बिशेश उपस्थितिमा सम्पुर्ण गाउँ बासीको भेलागरि सर्वसहमति बाट सार्वजनिक बाटो निर्माण कार्य सम्पन्न गर्ने निर्णय भएको हो ।
उक्त सडक निर्माण कार्य सु-सम्पन्न गराउन जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवलाई सम्पुर्ण जानकिटोलाका स्थानीय बासिहरुले भब्य र सभ्य रूपमा स्वागत गर्दै गा.पा अध्यक्ष श्रीकान्त यादवको निर्देशनलाई स्थानीय गाउँबासीहरुले पुर्णरूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन साथै आ-आफ्नो घर टहरा हटाउन १५ दिनको समय सिमा तोकिएको अध्यक्ष श्रीकान्त यादवले जनाएका हुन ।
आजको उक्त बिशेष गाउँ भेलामा स्थानीय बुद्धिजीवी, पुर्व गाविस अध्यक्षहरु र विभिन्न राजनीति दलका नेता र स्थानीय सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
आजको उक्त छलफलमा जगरनाथपुर गा.पा वडा न.२ का वडाअध्यक्ष नेपाली प्रसाद कुस्वाहाको समेत सहभागीता रहेको थियोे ।
प्रतिक्रिया