स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

५० लाख फिरौती नपाउदा वीरगन्जमा बालकको हत्या

SHARE: 520

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१० पुस : वीरगन्जमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरि शव शौचालयको सेप्टी ट्यांकीमा आइतबार फेला परेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षिय छोरा नीरज पासवानको शव , खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीबाट बरामद भएको हो ।

वीरगन्जको मीना बजारमा मासु पसल सन्चालन गर्दै आएका श्रीमान् पासवानका छोरा नीरज गत मंसिर ५ गते सम्पर्क विहिन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय वीर्तामा नीरजको खोजतलाशका लागि निवेदन दिएका थिए । त्यसको चार पाँच दिन पछि अपरिचित व्याक्तिहरुले बुबा श्रीमान पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेपछि नीरज अपहरणमा परेको खुलाशा भएको थियो ।

त्यसपछि नीरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए । प्रहरीले नीरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुइ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । तीनै दुवै जनाले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट नीरजको शव बरामद गरेको हो ।

प्रहरी हिरासतमा रहेका दुइ व्याक्तिको परिचय प्रहरीले नखुलाएपनि उनिहरु मध्ये पटेल थरका एक व्याक्ति र गुरुकुल पन्ना बोर्डिंग स्कुलका एक जना शिक्षक रहेको श्रोतले जनाएको छ । उनिहरुले नै फिरौतीका लागि नीरजको अपहरण गरेर हत्या गरि शव , सेप्टी ट्यांकीमा लुकाएर राखेको बताइएको छ ।

आइतबार अपरान्ह साढे ३ बजे प्रहरीको टोलीले विद्यालयको सेप्टी ट्यांकीमा उत्खनन् शुरु गरेको र साँझ ५.३० बजे नीरजको शव, घाँटी र खुुट्टा डोरीले बाँधेर फालिएको अवस्थामा सेप्टी ट्यांकी भित्र भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।नीरजको हत्या गरि शव , सेप्टी ट्यांकी भित्र हालेर माथि माटो र बालुवाले पुरिएको अवस्थामा भेटिएको गिरिले बताए ।

प्रहरी नायब उपरिक्षक गिरिले घटनाामा संलग्न रहेको आशंकामा केहि व्याक्तिलाई नियन्त्रणमा लिएको र शंकास्पद अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताए । उनले भने ,‘ अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेका रहेछन् , त्यहि नपाएर हत्या गरेको हुन सक्छ , हामीले यस बारेमा अनुसन्धान गरिरहेका छौ ।

The post ५० लाख फिरौती नपाउदा वीरगन्जमा बालकको हत्या appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: ५० लाख फिरौती नपाउदा वीरगन्जमा बालकको हत्या
५० लाख फिरौती नपाउदा वीरगन्जमा बालकको हत्या
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/Death-body-900px.jpg?resize=900%2C600&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/12/blog-post_752.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/12/blog-post_752.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content