स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै

SHARE: 520

फाइल फोटो

वीरगन्ज,१३ कात्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व आइतबार सुर्य भगवान र छठी माताको पूजा आरधना गरि मनाइदै छ ।

कात्तिक शुक्ल पक्षको चौठी तिथी देखि विधिीवत रुपमा शुरु हुने छठ पूजा सप्तमी तिथी सम्म चार दिन मनाइन्छ । शुक्रबार देखि विधीवत रुपमा शुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी तिथी अर्थात शनिबारका दिन देखि ब्रतालुहरु निर्जला ब्रत शुरु गरेका छन् । छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ ।

खरना परेको शनिबार ब्रतालुहरु गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बसेका थिए । शनिबार साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएका थिए । उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर शनिबार बेलुकी देखि निर्जला ब्रत शुरु गरेका हुन् ।

खरनाको भोलि पल्ट आज अर्थात आइतबार परेको षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन हो । यस दिनलाइ सँझिया घाटे भनिन्छ । ब्रतालुहरु आइतबार दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि , पोखरी , तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरि चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन् ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाँउछन् । त्यसपछि आइतबार साँझ पख अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु ,काँचो केरा , कागती , ठेकुवा , बोडी , अदुवाको बोट , स्याउ , जटा भएको नरिवल , भिजाएको केराउ , चामलको अछता , पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन् ।सुर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ आफनो घर फर्किन्छन् ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथीका दिन अर्थात सोमबार बिहान झिमिसेमै ब्रतालुहरु फेरि नुहाइ धुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सुर्य नउदाउदै छठ घाटमा पुग्छन् ।सिरसोता वरिपरि बसेर छठी माताको गीत गाँउदै उनिहरुले श्रीमान् ,छोरा छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य , दीर्घायु र प्रगतीको लागि छठी मातासंग अनुनय विनय गर्छन् ।

सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनिहरुले सुर्य र छठीमातालाइ अर्घ दिन्छन् । सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् ।उदाउदो सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।

The post आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,118,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै
आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/DSC_0635.jpg?resize=1024%2C684&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/10/blog-post_212.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/10/blog-post_212.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content