पर्सा — पर्साका सांसद् प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोधमा पुत्ला जलाएका छन् ।उपेन्द्र यादवलाई पर्सामा निषेध', 'पर्सावासीलाई ठग्न पाइँदैन' जस्ता प्लेकार्ड बोकेर जसपाका कार्यकर्ताहरुले शनिबार वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए ।
पर्सा क्षेत्र नम्बर १ का निर्वाचित् सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित कार्यकर्ताले शुक्रबार साँझ पनि पार्टी अध्यक्षको पुत्ला जलाएका थिए ।
मधेस आन्दोलनको केन्द्रविन्दु मानिएको पर्सालाई यसअघि जसपाले प्रादेशिक राजधानी बनाउने र अहिले मन्त्री बनाउने क्रममा पन्छाएको भन्दै कार्यकर्ताले अध्यक्षको विरोध गरेको जनाएका छन् ।
प्रतिक्रिया