Menu

आजको मौसम

प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल

Author
News Feed |
November 04, 2026
Featured

तहट कार्तिक १८ । मधेश प्रदेश सरकारले रौतहटको इलाका प्रहरी कार्यालय मौलापुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक भरत के.सी.लाई उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै प्रशंसा पत्र प्रदान गर्नुका साथै शान्ति सुरक्षा व्यवस्थापनका लागि एक थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय जनकपुरधाममा आज मिति २०८३ साल कात्तिक १८ गते आयोजित एक कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री माननीय फकिरा महतोले प्रहरी निरीक्षक के.सी.लाई प्रशंसा पत्र प्रदान गर्नुभएको हो।

मधेश प्रदेशमा बाढी तथा अन्य विपद्का समयमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा मानवीय सहायता, विपद् व्यवस्थापन, विभिन्न घटनाको अनुसन्धान, शान्ति सुरक्षा कायम गर्ने कार्य तथा नागरिकको जीउधनको सुरक्षा र प्रभावकारी सेवा प्रवाहमा उहाँले उच्च व्यावसायिकता, कर्तव्यनिष्ठा, जिम्मेवारीबोध र समर्पणका साथ पुर्‍याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय मौलापुरको कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले एक थान मोटरसाइकलसमेत हस्तान्तरण गरेको छ।

प्रशंसा पत्र र सवारी साधन हस्तान्तरणले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनुका साथै कार्यक्षेत्रमा प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसबाट मौलापुर क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3