Menu

आजको मौसम

गोल्डेन फयुचर स्कूलको आयोजनामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम

Author
News Feed |
November 05, 2026
Featured

वीरगंज, १९ कात्तिक ।
वीरगंज–११ श्रीपुरस्थित गोल्डेन फयुचर सेकेन्डी इंगलिस बोर्डिङ स्कूलको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजना गरिएको सो कार्यक्रमको मुख्य अतिथि अवकाशप्राप्त प्रअ किशोरीलाल गुप्ताले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुरयाउने मन्तव्य व्यक्त गरे ।

उनले सानै उमेरदेखि विद्यार्थीहरुलाई विभिन्न गतिविधिमा सहभागी गराएकोमा सराहना गरे । विद्यालयका प्रिन्सिपल उमेश साहको अध्यक्षता एवं विद्यार्थीहरुको सहजीकरणमा सम्पन्न कार्यक्रममा दीपावली, छठ पर्वको विभिन्न सांस्कृतिक झांकी प्रस्तुति गरिएको थियो भने सो अवसरमा विद्यालयका संस्थापक डा। उमेश चौरसियाले आजको युगमा आधुनिक शिक्ष्Fा संगसंगै प्रयोगात्मक सीप र ज्ञानको अति नै आवश्यकता बोध भएको जानकारी गराएका थिए ।

सोही अवसरमा विद्यालयका अध्ययनरत विद्यार्थीहरुका अभिभावक, शिक्ष्Fक एवं विद्यार्थी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3