Menu

आजको मौसम

पत्रकार शिवाकोटीलाई ५० हजार राशिको पत्रकारिता सम्मान प्रदान गरिने

Author
News Feed |
November 05, 2026
Featured

मकवानपुर , कार्तिक १९ –

पत्रकार सुदीप शिवाकोटीलाई नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशिको पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले नगद ५० हजार रुपैयाँ राशिको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव तथा हाल बेलायतमा रहेका चिरञ्जीवी ढकालको सहयोगमा उक्त सम्मान स्थापना गरिएको हो ।

शुभदीपावलीको अवसरमा शुक्रबार आयोजना हुने शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा शिवाकोटीलाई सम्मान प्रदान गरिने युनियनले जनाएको छ ।

शिवाकोटी प्रेस युनियन मकवानपुरका सदस्य तथा कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता हुन् । उनी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व सदस्य र मकवानपुर शाखाका पूर्व कोषाध्यक्षसमेत रहिसकेका छन् । हाल उनी अमेरिकामा बस्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3