Menu

आजको मौसम

डमि बन्दुकसहित पक्राउ दुई जनामाथी मुद्दा चल्छ कि चल्दैन ?

Author
News Feed |
November 03, 2026
Featured

पर्सा , कार्तिक १७ –

पर्साको विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले बन्दुक र छुरासहित दुई जनालाई नियन्त्रणमा लिएको घटनामा वास्तविक पेस्तोल नभई तर्साउन प्रयोग गरिने डमी बन्दुक बरामद भएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले स्थानीय चेकपोइन्टमा जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीले सुरुमा सार्वजनिक गरेको विवरणमा उनीहरूले बोकेको झोलाभित्र कपडाले लुकाइछिपाइ राखेको अवस्थामा एक थान पेस्तोल र ६ राउन्ड गोलीसहित तीन थान छुरा फेला परेको उल्लेख थियो । उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४ सय, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न औषधिसमेत बरामद भएको जनाइएको थियो ।

तर, नेपाल प्रहरीले बरामद बन्दुक वास्तविक नभई खेलौना प्रकृतिको तर्साउने बन्दुक भएको पुष्टि गरेको छ । पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीसँगको कुराकानीमा दुईवटा छुरा, कुखुरा र एउटा खेलौना बन्दुक फेला परेको विवरण आएको जनाइएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म फेला परेका सामग्रीका आधारमा मुद्दा नचल्ने अवस्था देखिएको बताएका छन् । उनका अनुसार बरामद बन्दुक तथा अन्य सामग्रीको प्रकृति र घटनाको अवस्थाबारे छानबिन भइरहेको छ ।

यता, सशस्त्र प्रहरीका अधिकारीहरूले खेलौना बन्दुक र छुरा बोकेर हिँडिरहेका व्यक्तिहरूको गतिविधि शंकास्पद हुन सक्ने बताएका छन् । यस्ता सामग्री बोकेर हिँड्ने व्यक्तिहरू लुटपाटजस्ता गतिविधिमा संलग्न हुन सक्ने आशंकाका आधारमा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले सूचना सार्वजनिक गरिएको उनीहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3