Menu

आजको मौसम

संसद्‌मा ‘यौन मन्त्रालय’ प्रस्तावको विवादले निम्त्यायो कुटाकुट

Author
News Feed |
November 05, 2026
Featured

काठमाडौं , कार्तिक १९ –

प्रस्तावित ‘यौन मन्त्रालय’ स्थापनाको विषयलाई लिएर भएको विवादले आर्मेनियाको संसद्‌मा सांसदहरूबीच कुटाकुट भएको छ । झडपका क्रममा मुक्का, लात र कुर्सी प्रहार हुनुका साथै पानी र बोतलसमेत हानाहान भएको छ ।

विपक्षी दल ‘स्ट्रङ आर्मेनिया पार्टी’ले यसै वर्षको सुरुवातमा ‘कोही पनि महिला असन्तुष्ट नरहून्’ भन्ने उद्देश्यसहित नयाँ सरकारी मन्त्रालय स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो । यौन असन्तुष्टिका कारण मध्यम उमेरका श्वेत महिलामा राजनीतिक सक्रियता बढेको दाबी गर्दै उसले यस्तो नीति आवश्यक रहेको बताएको थियो ।

बिहीबार संसद्‌मा सत्तारूढ ‘सिभिल कन्ट्र्याक्ट पार्टी’का सांसद तारोन चाखोयानले विपक्षी दलमाथि भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएपछि विवाद चर्किएको थियो । उनले प्रस्तावित मन्त्रालयका विषयमा विपक्षी नेता नारेक कारापेट्यानले महिलासँग माफी माग्नुपर्ने माग गरेका थिए । कारापेट्यानलाई लक्षित गर्दै चाखोयानले गरेको टिप्पणीपछि दुवै पक्षका सांसदबीच भनाभन सुरु भएको थियो ।

त्यसपछि सांसदहरू मञ्चतर्फ दौडिँदै एकअर्कामाथि मुक्का र लात प्रहार गर्न थाले । संसद्का उपसभामुख तथा सत्तारूढ दलका सदस्य वाहाग्न अलेक्सान्यानले विपक्षी सांसदतर्फ कुर्सी प्रहार गरेका थिए भने चाखोयानले विपक्षी सांसद गार्निक दाभत्यानमाथि पानी छ्यापेका थिए । अन्य सांसदले बोतल प्रहार गर्नुका साथै टेबलसमेत भाँचेका थिए ।

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले घटनापछि पत्रकार सम्मेलनमा हिंसाको भर्त्सना गरे पनि सत्तारूढ संसदीय दलले चालेको कदमको समर्थन गरेका थिए । उनले विपक्षी दलमा रहेकै आधारमा सांसदहरूले उद्दण्ड व्यवहार गर्न नपाउने टिप्पणी गरेका थिए ।

पाशिन्यानले सामाजिक सञ्जाल फेसबुकमा विपक्षी दलको नाम ‘स्ट्रङ आर्मेनिया’ भए पनि त्यसका सांसद शारीरिक रूपमा बलिया नरहेको भन्दै व्यंग्य गरेका थिए । अर्कोतर्फ चाखोयानले विपक्षी सांसदहरूको व्यवहारलाई ‘गुण्डागर्दी’ भन्दै सर्वसाधारणसँग माफी मागेका थिए । विपक्षी नेता कारापेट्यानले भने घटनालाई सामान्य पुरुषबीचको झगडाका रूपमा व्याख्या गर्दै सत्तापक्षको आलोचना गरेका थिए ।

झडप सुरु भएपछि सभामुखले सुरुमा बैठक स्थगित नगर्ने बताएका थिए । तर, अवस्था थप तनावपूर्ण बनेपछि बैठक स्थगित गरिएको थियो । घटनापछि केही सांसद चोटपटक र च्यातिएका कपडासहित संसद् भवनबाट बाहिरिएका थिए । महान्यायाधिवक्ताको कार्यालयले घटनाबारे कुनै आपराधिक कारबाहीको जानकारी प्राप्त नभएको जनाएको छ ।

यसैबीच, बिहीबार नै अल्बानियाको संसद्‌मा पनि विपक्षी सांसदहरूले धुवाँ फाल्ने बम पड्काउँदै मञ्च घेराउ गरेका छन् । ‘बैंक अफ अल्बानिया’सम्बन्धी कानुन संशोधनको मतदानका क्रममा सत्तारूढ सोसलिस्ट पार्टीले विपक्षीको विरोधबीच विधेयक पारित गरेपछि विवाद चर्किएको हो ।

अल्बानियामा पछिल्ला केही महिनादेखि ‘फ्ल्यामिङ्गो आन्दोलन’ नाम दिइएको विरोध प्रदर्शन जारी छ । एउटा विवादित रिसोर्ट परियोजनाको विरोधबाट सुरु भएको आन्दोलन अहिले भ्रष्टाचार र देशको राजनीतिक संरचनाविरुद्धको अभियानमा परिणत भएको छ ।

विपक्षी सांसदहरूले प्रधानमन्त्री एडी रामाको राजीनामा माग गर्दै प्रदर्शनकारीमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोपसमेत लगाएका छन् । पछिल्ला हप्ताहरूमा आन्दोलन थप तनावपूर्ण र हिंसात्मक बन्दै गएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3