Menu

आजको मौसम

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा भारतीय नागरिकको मृत्यु, तीन घाइते

Author
News Feed |
November 03, 2026
Featured

सोलुखुम्बु , कार्तिक १७ –

सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकोप्टरमा चालक दलसहित तीन जना सवार थिए । दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको छ । उनको शव प्रभु एयरको हेलिकोप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ ।

दुर्घटनामा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3