Menu

आजको मौसम

प्रसाैनीका वडाध्यक्ष कुशवाहा चेक अनादर मुद्दामा पक्राउ

Author
News Feed |
November 04, 2026
Featured

बारा,१८कात्तिक: चेक अनादर मुद्दामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार कलैयाबाट पक्राउ गरेको हो।

बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको कात्तिक १३ गतेको आदेशानुसार कुशवाहालाई पक्राउ गरिएको हो।

कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलले कुशवाहाविरुद्ध दर्ता गराएको चेक अनादरसम्बन्धी मुद्दामा वादीको बिगो दाखिला गराउनका लागि उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको थियो।

अदालतको त्यहीँ आदेशका आधारमा पक्राउ परेका वडाध्यक्ष कुशवाहालाई आवश्यक प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रवक्ता घलेले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3