Menu

आजको मौसम

साढे ९ वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आयो जगरनाथपुर गाउँपालिकाको कार्यालय

Author
News Feed |
November 05, 2026
Featured

पर्सा, कात्तिक १९ –

पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालय साढे ९ वर्षपछि आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सञ्चालनमा आएको छ।

यसअघि वडा नम्बर ४ जगरनाथपुरस्थित मदरसाको भवनबाट सञ्चालन हुँदै आएको कार्यालय बुधबारदेखि नयाँ भवनमा सारिएको हो। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पूजापाठ गरेपछि पूर्वउद्योगमन्त्री रमेश रिजालले दुईतले भवनको उद्घाटन गरेका थिए।

वडा नम्बर ४ मा २ करोड ३५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको अध्यक्ष यादवले जानकारी दिए। त्यसमा मधेस प्रदेश सरकारको ६५ लाख, जिल्ला समन्वय समितिको ३५ लाख र गाउँपालिकाको १ करोड ३५ लाख रुपैयाँ लगानी रहेको छ।

अध्यक्ष यादवका अनुसार भवनको भुइँतलाको काम पूरा भएको छ भने माथिल्लो तलाको अधुरो काम आगामी मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि प्रशासनिक कामकाज र सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने उनले बताए।

भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगंजका उपमेयर इम्तियाज आलम, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरी र गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्रीलगायतको सहभागिता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3