Menu

आजको मौसम

चोरीको आरोपमा एकजना युवक पक्राउ

Author
News Feed |
October 02, 2026
Featured

बारा,१६ असोज। जीतपुरसिमरा उपमहानगरपालिका–७ पाडा बजारमा पसल चोरी भएको घटनामा प्रहरीले १४ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधवार राति करिब १ः३० बजे जीतपुरसिमरा–६ का किशोरलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पाडा बजारको पूर्वतर्फको सर्भिस लेनमा बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका उनलाई चेकजाँच गर्दा नगद १७ हजार ३ सय रुपियाँँसहित विभिन्न सामान फेला परेको थियो। उनको साथबाट ५०० दरका तीन, १०० दरका ९१, ५० दरका ९०, २० दरका ५९, १० दरका ८२ र ५ दरका ४४ थान नोट बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, एक थान पुलास, एक थान रिन्च, मोबाइल चार्जरको टाउको, एक थान ब्लुटुथ र दुर्ई प्याकेट सिनका पनि बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जीतपुरका शम्भु साहले सञ्चालन गर्दै आएको ‘संगम कोल्ड ड्रिम्स’ पसलमा जस्ताको छानो हटाएर चोरी गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा पसलको छानोमा चढेर करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाई नगद तथा सामान चोरी भएको खुलेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3