Menu

आजको मौसम

अवैध यौन गतिविधिको आशंकामा बाराको एक होटलबाट पाँच जना पक्राउ

Author
News Feed |
October 02, 2026
Featured

कलैया , असोज १६ –

अवैध यौन गतिविधि भइरहेको आशंकामा प्रहरीले कलैया उपमहानगरपालिका–१४ को एक होटलमा छापा मारेर पाँच जनालाई नियन्त्रणमा लिएको छ।

बसपार्क प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिमलेश यादवको कमाण्डमा खटिएको टोलीले होटलमा चेकजाँच गर्दा तीन महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार होटलमा अवैध गतिविधि भइरहेको सूचना पाएपछि चेकजाँच गरिएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिहरूको भूमिकाबारे जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले कलैयाका होटल तथा लजमा हुने सम्भावित अवैध गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। पक्राउ परेकाहरूको दोष पुष्टि भने अनुसन्धान र कानुनी प्रक्रियापछि मात्र हुने प्रहरीले स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3