Menu

आजको मौसम

मधेशमा सबैभन्दा बढी पत्रपत्रिका सप्तरीमा, पर्सा दोस्रो

Author
News Feed |
October 01, 2026
Featured

वीरगंज, असोज १५

प्रेस काउन्सिल नेपालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा नियमित प्रकाशन हुने पत्रपत्रिकाको संख्यामा सप्तरी पहिलो र पर्सा दोस्रो स्थानमा छन्।

काउन्सिलले सार्वजनिक गरेको तथ्यांकअनुसार सप्तरीमा ७१ र पर्सामा ५८ वटा पत्रपत्रिका नियमित प्रकाशनमा छन्। यस्तै धनुषामा ४३, बारामा २४, सिराहामा १२, महोत्तरी र रौतहटमा १०–१० तथा सर्लाहीमा ८ वटा पत्रपत्रिका प्रकाशन भइरहेका छन्।

देशभरका ६८ जिल्लाबाट ९२७ वटा पत्रपत्रिका नियमित प्रकाशनमा रहेको काउन्सिलले जनाएको छ। तीमध्ये दैनिक २२५, अर्धसाप्ताहिक ३, साप्ताहिक ५३३, पाक्षिक १२, मासिक १०८, द्वैमासिक १६, त्रैमासिक २१ र वार्षिक १ वटा रहेका छन्।

तथ्यांकले मधेशमा छापा सञ्चारमाध्यमको उपस्थिति जिल्लागत रूपमा फरक रहेको देखाएको छ। पर्सामा ५८ वटा पत्रपत्रिका नियमित प्रकाशनमा रहनुले वीरगंजको सञ्चार गतिविधिमा रहेको सक्रियता पनि देखाउँछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3