Menu

आजको मौसम

सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि सुरु

Author
News Feed |
October 02, 2026
Featured

पर्सा , असोज १६ –

तराई–मधेसमा सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामनासहित मनाइने जितिया पर्व सुरु भएको छ। विशेषगरी आमाहरूले श्रद्धापूर्वक मनाउने यो पर्व धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ।

जितियामा व्रतालु महिलाले अघिल्लो दिन स्नान गरी पितृ तथा जिमुतवाहन देवताको पूजा गर्छन्। त्यसपछि निर्धारित तिथिमा निराहार र निर्जल व्रत बस्ने परम्परा छ। व्रतका क्रममा दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्ताभित्रका पितृ महिलालाई तर्पण दिने चलनसमेत रहेको छ।

व्रतको समयमा डालीमा छोराको सङ्ख्याअनुसार नरिवल, फलफूल तथा पूजाका सामग्री राख्ने गरिन्छ। व्रत समाप्त भएपछि परिवारका पुरुष सदस्यले डाली खोलेर प्रसाद वितरण गरेपछि व्रतालुले पानी तथा भोजन ग्रहण गर्ने परम्परा छ।

जितिया पर्व थारू समुदायसहित तराई–मधेसका विभिन्न समुदायमा विशेष महत्वका साथ मनाइन्छ। यस अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भएर जितियाका गीत, कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र शुभकामना आदानप्रदान गर्ने गर्छन्।

जितियामा जियल, बाँस र घिरौँलाका पातलगायत प्राकृतिक सामग्री प्रयोग हुने भएकाले यसले प्रकृति तथा वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको छ। साथै, पितृप्रति महिलाले समेत श्रद्धा र जिम्मेवारी व्यक्त गर्ने परम्पराका रूपमा जितियाको सामाजिक महत्व रहेको जानकारहरू बताउँछन्।

जितियाको कठोर व्रतले महिलाको आस्था, मातृत्व र पारिवारिक सम्बन्धलाई जोड्ने गरेको भए पनि लामो समय पानीसमेत नखाई व्रत बस्दा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले व्रतालुले आफ्नो स्वास्थ्य अवस्थाप्रति सावधानी अपनाउनुपर्ने हुन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3