वीरगञ्ज – भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला पर्नुभएकी एक नेपाली महिलाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्सा र मानवसेवा आश्रमको संयुक्त समन्वयमा उहाँको सकुशल उद्धार गरी आज वीरगञ्ज ल्याइँदैछ।
मानवसेवा आश्रम तथा प्रहरीको टोलीले उहाँलाई आवश्यक उद्घार र प्रारम्भिक व्यवस्थापनपछि सुरक्षित रूपमा वीरगञ्ज ल्याउन लागेको हो। आश्रममा उहाँको आवश्यक रेखदेख तथा स्वास्थ्योपचारको प्रबन्ध मिलाइने बताइएको छ।
आवश्यक हेरचाह र कागजी वा पारिवारिक पहिचानको प्रक्रिया पूरा गरेपछि उहाँलाई छिट्टै परिवारको जिम्मा लगाउने प्रयास गरिने सम्बन्धित निकायले जनाएको छ।
साभार:
घण्टाघर टिभी