Menu

आजको मौसम

जलवायु न्यायका लागि विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई अनुरोध

Author
News Feed |
September 18, 2026
Featured

गौर । सानै उमेरमा विद्यार्थीहरूले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय बहससँग जोड्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

जलवायु परिवर्तनको बढ्दो असरप्रति सरकारको ध्यानाकर्षण गराउँदै रौतहटका विद्यार्थीहरूले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन।

नेमधारी बासुदेव नमुना विद्यालय, मुडवालवामा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सन्दर्भ पारेर प्रधानमन्त्रीलाई सम्बोधन गरिएको अनुरोध पत्र जिल्ला प्रशासन कार्यालय रौतहटमार्पत बुझाएका हुन।

विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसँग सामूहिक भेटघाट गरी अनुरोध पत्र हस्तान्तरण गरेका थिए। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्र प्रजिअ पौडेलले प्रधानमन्त्रीसमक्ष पठाउने प्रतिबद्धता जनाएका थिए।

विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण विश्वभर जोखिम बढ्दै गएको र नेपालजस्ता विकासोन्मुख मुलुकले त्यसको प्रत्यक्ष असर भोगिरहेको भन्दै जलवायु न्यायको विषयलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राथमिकताका साथ उठाउनुपर्ने माग गरेका छन।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असरबाट नेपालका हिमाली, पहाडी तथा तराई क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै विद्यार्थीहरूले जलवायु जोखिम न्यूनीकरण, अनुकूलन तथा प्रभावित समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग र न्यायोचित स्रोत परिचालनमा सरकारले पहल गर्नुपर्ने बताएका छन।

अनुरोध पत्र बुझाउने क्रममा विद्यार्थीहरूका तर्पmबाट छात्रा वर्षा यादवले प्रमुख जिल्ला अधिकारी पौडेललाई खादा ओढाएर स्वागत तथा सम्मान गरेकी थिइन।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुँयाल, विद्यालयका प्रधानाध्यापक रविशंकर यादव, शिक्षक टेकनाथ खतिवडालगायतको उपस्थिति थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3