Menu

आजको मौसम

हराएका तीनै बालबालिका सुरक्षित भेटिए

Author
News Feed |
September 13, 2026
Featured

वीरगंज । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ५, बकुलिया टोलबाट हराएका तीन जना बालबालिका सकुशल फेला परेको प्रहरीले जनाएको छ ।

भारत घर भई हाल बाराको बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान भदौ २८ गते बिहान अन्दाजी ५ः०० बज हराएको प्रहरीले जनाएको छ ।

बालबालिकाहरू बेपत्ता भएपछि खोजी कार्य शुरू गरिएकोमा आज राति ८ बजेको समयमा उनीहरू सुरक्षित रहेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। बालबालिकाका बुबा मुकेश पासवानका अनुसार हराएका बालबालिका भारतस्थित मोतिहारी जिल्ला, रामगढवा थाना, वडा नं. १३ मा रहेको उनको भाइको सालो (मुकेश पासवान) को घरमा सुरक्षित रूपमा फेला परेका हुन् ।

बालबालिका सकुशल भेटिएसँगै अब उनीहरूको थप खोजतलास गरिरहनु नपर्ने प्रहरीले सम्बन्धित सबैको जानकारीका लागि अनुरोधसमेत गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3