Menu

आजको मौसम

एसएसबीद्वारा ९९० किलो युरिया मल बरामद, एक जना पक्राउ

Author
News Feed |
September 11, 2026
Featured

मोतिहारी , भदौ २६ –

सशस्त्र सीमा बल (एसएसबी) ७१औँ वाहिनीले भारतबाट नेपालतर्फ लैजान लागिएको ९९० किलो युरिया मलसहित एक जनालाई पक्राउ गरेको छ ।

एसएसबीका अनुसार सेप्टेम्बर ९ मा अगरवा सीमा चौकीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा २२ बोरा युरिया मलसहित ४ वटा साइकल बरामद गरेको हो । एसएसबी टोलीलाई देखेपछि केही व्यक्ति मलका बोरा छाडेर फरार भएका थिए भने एक जनालाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको जितना थाना क्षेत्रअन्तर्गत अगरवा निवासी ४५ वर्षीय जयलाल राय रहेका छन् । सोधपुछका क्रममा रायले मल नेपालमा बिक्रीका लागि लैजान लागेको बताएका थिए । उनले मलसँग सम्बन्धित कुनै वैध कागजातसमेत प्रस्तुत गर्न नसकेको एसएसबीले जनाएको छ ।

बरामद गरिएको २२ बोरा मलमध्ये प्रत्येक बोरामा ४५ किलोका दरले कुल ९९० किलो रहेको छ । मल र ४ वटा साइकललाई आवश्यक कारबाहीका लागि सीमा शुल्क कार्यालय मोतिहारीमा बुझाउने प्रक्रिया भइरहेको एसएसबीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3