Menu

आजको मौसम

कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Author
News Feed |
September 13, 2026
Featured

बारा , भदौ २८ –

बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शुक्रबार राति करिब १० बजे भएको दुर्घटनामा बीआर ०६ एभि ६१३६ नम्बरको मोटरसाइकल चालक कलैया–४ अदालत रोडका ३५ वर्षीय साहेब देवानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमपछि आफन्तले बुझेर लगेका छन्।

दुर्घटनामा म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल चालक करैयामाई गाउँपालिका–७ का ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन्। सोही मोटरसाइकलमा सवार १६ वर्षीय अन्जित चौधरी मध्यम घाइते भएका छन्। दुवैको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ।

प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ।

सांकेतिक तस्वीर 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3