Menu

आजको मौसम

बाढी पीडितलाई डिपिएसको दुई लाख १४ हजार सहयोग 

Author
News Feed |
September 18, 2026
Featured

वीरगंज । २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ दिल्ली पब्लिक स्कूल, वीरगंज परिवारका विद्यार्थी तथा कर्मचारीहरूले दुई लाख १४ हजार आर्थिक सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी श्री खडानन्द अधिकारीमार्फत आर्थिक रकम जम्मा गरिएको हो ।

मानवीय कार्यमा सो विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले आर्थिक संकलन गरी सहयोग गरेकोमा दिल्ली पब्लिक स्कूल, वीरगंज परिवारले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

यस सहयोग अभियानको पहल गरी नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा डिपिएस हेल्पिङ ह्यान्डस क्लब (स्कूल सोसल क्लब)लाई पनि विद्यालय परिवारले प्रशंसा गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3