Menu

आजको मौसम

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author
News Feed |
September 05, 2026
Featured

बारा , भदौ २० –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बैजुरा पुलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.१ अ.यो. १३४ नम्बरको खाली टिपरले पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जितपुरसिमरा–१६ डुमरवानाका ५२ वर्षीय देवबहादुर चौरेल गम्भीर घाइते भएका थिए । उनको बयोधा अस्पताल वीरगंजमा उपचारका क्रममा दिउँसो १२ः५० बजे मृत्यु भएको हो ।

प्रहरीले टिपर र मोटरसाइकल नियन्त्रणमा लिएको छ । फरार रहेका टिपर चालक धुर्वदेव हजरालाई दिउँसो २ः२० बजे नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3