Menu

आजको मौसम

भारतले १३० टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको छ : भारतीय राजदूत

Author
News Feed |
September 12, 2026
Featured

वीरगंज । नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले शुक्रवार र शनिवार वीरगंजको भ्रमण गरेका छन् ।

 

शुक्रवार आईसीपी, वीरगंजको भ्रमण गर्दै भन्सार प्रमुख र टर्मिनल प्रमुख लगायतका अधिकारीहरूसँग छलफल गरेका छन् । त्यसपछि उनले आईसीपी रक्सौलको पनि भ्रमण गर्दै सीमापार व्यापार सहजीकरण र समन्वयको समीक्षा गरे । एलपीएआई, एसएसबी, भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन र एफएसएसएआईका वरिष्ठ अधिकारीहरूसँग भेटपछि उनले रक्सौलस्थित भारतीय दूतावास बंगलाको भ्रमण गर्नुका साथै वृक्षारोपण गरे ।

 

सोही दिन साँझ उनले भारत–नेपाल सहयोग मञ्च र नेपाल–भारत मैत्री संघका प्रतिनिधिमण्डलहरूलाई भेटपछि उद्योगपतिहरू र वीरगंज उद्योग वाणिज्य संघ, एनआईसीसीआई र एनवाईईएफका सदस्यहरूसँग अन्तरक्रिया गरे ।

त्यसैगरी शनिवार बिहान उनले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया गर्ने क्रममा भारत र नेपालबीचको गहिरो र दिगो मित्रतामा जोड दिए । नेपालको विकासप्रति भारतको प्रतिबद्धतालाई दोहोर्याउदै उनले नेपाललाई भारतको निरन्तर बाढी राहत सहयोगको वारेमा पनि जानकारी गराए ।

उनले २६ अगस्ट २०२६ देखि भारतले १३० टनभन्दा बढी राहत सामग्रीहरू जस्तै आश्रय, कम्बल, स्वच्छता किट, सौर्य बत्ती र औषधि सहित,सहित ८ वटा भारतीय वायुसेना उडानहरू पठाएको जानकारी दिए । चिलिमे र लाङटाङमा सञ्चालनका लागि विशेष सुरूङ उद्धार टोली सहित ५४ विशेषज्ञ कर्मचारीहरू खटाएको जानकारी दिंदै उनले डीएनए किट र फोरेन्सिक सहयोग प्रदान र कनेक्टिभिटी पुनस्र्थापित गर्न बेली ब्रिजहरूको लागि उपकरणहरू आपूर्ति, जसमा २३० फिटको पुलको लागि १६ ट्रक र थप सात पुलहरूको लागि सामग्री उपलब्ध गराएको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3