Menu

आजको मौसम

परवानीपूरमा गएराती ट्रकको ठक्करबाट मृत्यु भएकाहरूको पहिचान खुल्यो

Author
News Feed |
September 16, 2026
Featured

राधेश्याम पटेल, परवानीपुर,३० भदौ /

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

​वीरगंज–पथलैया सडकखण्डमा ना ३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

​मंगलबार राति करिब ८:३० बजे ऐरोटेक ग्यास कम्पनीबाट निस्किएर सर्भिस लेनबाट एक्सप्रेस-वेतर्फ प्रवेश गर्दै गरेको ट्रकले जितपुरबाट वीरगांजतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगंजमा पठाइएकोमा चिकित्सकले जाँच गर्दा राति ९:१० बजे दुवैलाई मृत घोषित गरेका हुन् ।

​मृतकहरूमा पर्साको वीरगंज–१६ नगवा बस्ने ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी रहेका छन् । उनीहरूमध्ये मोटरसाइकल चालकको थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

​घटना लगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी नायब निरीक्षक उमेश निरौला र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा प्राविधिकसहितको टोली खटिएर घटनास्थलको अनुसन्धान गरेको थियो ।

​दुर्घटनामा संलग्न रहेकोे ट्रक र चितवन,भरतपुर-७ बस्ने ५८ वर्षीय चालक सुनिलराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएका छ । चालक र ट्रक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी गराएको छ । मृतक दुवैको शव परीक्षणका लागि नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको‌ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3