Menu

आजको मौसम

प्याब्सन वाणी प्रतिभा वक्तृत्वकला प्रतियोगिता हुने

Author
News Feed |
September 18, 2026
Featured

वीरगंज । संविधान दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगंजको आयोजनामा प्याब्सन स्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना हुने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता असोज ३ गते शनिवार बिहान १० बजेदेखि वीरगंजस्थित डीएभी स्कुलमा सञ्चालन हुनेछ। प्रतियोगितामा प्याब्सनमा आबद्ध २८ वटा विद्यालयबाट एक–एक जना विद्यार्थीको सहभागीता रहनेछ।

विद्यार्थीमा वक्तृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक अभिव्यक्ति तथा सार्वजनिक प्रस्तुति सीपको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। विभिन्न विद्यालयबाट छनोट भएर आएका विद्यार्थीले संविधान दिवसको अवसरमा निर्धारित विषयमा आफ्ना विचार तथा धारणा प्रस्तुत गर्नेछन।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना विद्यार्थीलाई पुरस्कृत तथा सम्मानित गरिने आयोजकले जनाएको छ। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः पुरस्कार प्रदान गरिनेछ भने थप दुर्ई जनालाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको समन्वयकका रूपमा डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा रहेका छन। आयोजकले यस्ता प्रतियोगिताले विद्यार्थीमा आफ्ना विचार स्पष्ट, तार्किक र प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्नुका साथै प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3