Menu

आजको मौसम

७ लाख मूल्यका मोबाइल पार्टस बरामद

Author
News Feed |
September 18, 2026
Featured

वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१ नैकाटोलाबाट सुरक्षाकर्मीले अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेका करिब ७ लाख रुपियाँ बराबरका मोबाइल पार्टस् बरामद गरेको छ।

सीमा सुरक्षाका लागि खटिएको सुरक्षा टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

असोज २ गते अपरान्ह ३ बजेर ४० मिनेटको समयमा बि.ओ.पि. सिर्सियाबाट खटिएको ५ जनाको गस्ती तथा मोबाइल टोली नियमित गस्तीमा रहेको थियो। सो क्रममा भारततर्फबाट अवैध रूपमा भन्सार छलि गरी दुई जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेका शंकास्पद सामानहरू सुरक्षा टोलीले भेटेको थियो।

सुरक्षा टोलीलाई नजिकै देखेपछि ती व्यक्तिहरू बोकेका सामानहरू त्यहीं छाडी लुकिछिपी भागेका थिए। घटनास्थलबाट बरामद गरिएका ती मोबाइल पार्टसहरूको कुल बजार मूल्य ६ लाख ९८ हजार ४५० रुपियाँ रहेको छ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि सोही दिन बेलुका ४ बजेर ४० मिनेटको समयमा वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ। खुला सीमानाका कारण भन्सार छलि गरी हुने तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी तथा गस्ती कार्यलाई थप कडा पारिएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3