रौतहट | रौतहटमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको गहुँको बिउ र ट्याक्टरसहित करिब १६ लाख रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
यमुनामाई गाउँपालिका–४ स्थित बमनहर इलाकाबाट शनिबार सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुवाबाट खटिएको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको बिलबिजक नभएको गहुँको बिउ बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको गहुँको बिउ र ट्याक्टरको अन्दाजी मूल्य करिब १६ लाख रुपैयाँ रहेको छ ।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
साभार:
घण्टाघर टिभी