Menu

आजको मौसम

धोबिनीमा महिलाको मृत भेटिइन्, गरगहना चोरी

Author
News Feed |
September 21, 2026
Featured

वीरगंज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ धोबिनीमा ५५ वर्षीया महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।

श्रीनिवास तुराहाकी श्रीमती लखराव देवी मृत भेटिएको छ भने उनको घरबाट लाखौं मूल्य बराबरको गहना चोरी भएको बताइन्छ ।

प्रहरी तथा स्थानीयवासीका अनुसार आइतवार राति तीन तल्ले पक्की घरमा श्रीनिवास र उनकी श्रीमती छुट्टाछुट्टै तल्लामा सुतेका थिए । श्रीनिवास पहिलो तल्लामा र लखराव देवी दोस्रो तल्लामा सुतेकी थिइन् । रातिको समयमा अज्ञात समूह छिमेकीको घरतर्फबाट झ्याल तोडेर दोस्रो तल्लामा प्रवेश गरेको र घरभित्र दराज फोडेर गरगहना चोरी गरि लगेको स्थानीयले बताएका छन् ।

सोमवार बिहान नियमित रूपमा पूजा गर्न श्रीमती नआएपछि श्रीनिवास माथिल्लो तल्लामा पुग्दा लखराव देवी मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएको छ ।

स्थानीयले घरमा चोरीसमेत भएको र लाखौं रुपियाँँ मूल्य बराबरका गरगहना चोरी भएको बताएका छन् । तर प्रहरीले भने चोरी भएको विवरण अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले धोबिनीस्थित एक घरमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । उनका अनुसार घरको झ्याल र दराज तोडिएको जानकारी प्राप्त भए पनि चोरी भएको विवरण प्राप्त भइसकेको छैन ।

मृतक लखराव देवीका दुई छोरा र दुई छोरी छन् । उनका छोराहरू व्यवसायको सिलसिलामा काठमाडौंमा बस्दै आएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3